
नेपाल पे क्यूआरले गत असोज महिनामा एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
नेपाल पे सार्वजनिक भएको ६ महिना यता पहिलोपटक असोजमा १ अर्बभन्दा बढीको कारोबार भएको कम्पनीले जनाएको छ ।
नेपाल पे क्यूआरमा ४ लाख २५ हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध भइसकेका छन् । आबद्ध हुनेमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र भुक्तानी सेवा प्रदायकहरू छन् ।
कारोबार रकम तथा मर्चेन्टको संख्याअनुसार यस उपलब्धिलाई महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको कम्पनीले जनाएको छ ।
यसबाट क्यूआर भुक्तानीमा थप वृद्धि हुने कम्पनीको विश्वास छ ।
नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो ।