
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान गरेका देवकोटाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गरेका छन् । कांग्रेसमा आबद्ध देवकोटाको मष्तिष्काघातको उपचारका क्रममा ५९ वर्षको उमेरमा मङ्गलबार वयोधा अस्पतालमा निधन भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।