
बारा, ८ असोज — प्रदेश नम्बर २ को तीन उपमहानगरपालिकामध्ये बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका कृष्ण पौडेल १४८६५ मत ल्याएर मेयरमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णबरत सिंले ११९९५ मत ल्याए ।
यस्तै उपमेयरमा पनि एमालेकै सरस्वती चौधरी विजयी भइन् । उनले १४४४९ मतका पाउँदा प्रतिद्वन्द्वी कांग्रेसकी नारायणी रायमाझीले १२४९५ मत ल्याइन् ।
यस्तै अर्को उपमहानगर कलैयामा पनि एमालेकै अग्रता रहेको छ । उता धनुषाको जनकपुर उपमहानगरपालिकामा भने राजपाको अग्रता रहेको छ ।