मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियर कपमा नेपालका अर्जुन कुमालले कीर्तिमानी शतक प्रहार गरेका छन् ।
मलेसियाको युगसडी युकेएम ओभलमा जारी समूह चरणको अन्तिम खेलमा उनले साउदी अरेबियाविरुद्ध शतकसहित १४२ रन बनाएका छन् ।
यससँगै अर्जुनले नेपालको तर्फबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बन्दै नयाँ कीर्तिमान बनाएका छन् ।
आक्रामक ब्याटिङ गरेका उनले १११ बलमा १७ चौका र २ छक्कासहित १४२ रन बनाए ।
अर्जुनले यसअघि गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १०८ रनको सानदार शतकीय पारी खेलेका थिए । उनी नेपालबाट ओपनरको रुपमा यू–१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो खेलाडीसमेत हुन् ।
जारी खेलमा टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।