२६ असार २०८३, शुक्रबार

जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

कात्तिक २, २०८०
काठमाडौं
जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

चाडपर्वको बेला उपभोक्तालाई थप सहुलियत होस् भनि सरकारले खसि तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको मन्त्रालयको भनाइ छ । 

यससँगै जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट घटेर ६५० रुपैयाँ कायम भएको छ भने  च्याङग्राको मूल्य प्रतिकिलो १२५० बाट घटाएर प्रतिकिलो १२२५ रुपैयाँ  कायम गरेको मन्त्रालयले जनाएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्