
कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दशैंलाई लक्षित गर्दै ‘बडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई निरन्तरता दिएको छ ।
चाडपर्वमा हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरिएको योजनालाई निरन्तरता दिएको बैंकले जनाएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा अग्रपङ्क्तिमा रहेको बैंकको यस योजनाले दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने बैंकको विश्वास छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत् कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ ।
क्यासब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।
यो सुविधा कात्तिक ६ देखि ११ गतेसम्म कायम रहनेछ ।
कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो वृहत् सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।