११ साउन २०८३, सोमबार

कोशीको घटनाक्रमले केन्द्र सरकार र गठबन्धनमा असर पर्दैन : शेखर कोइराला

कात्तिक ३, २०८०
विराटनगर
कोशीको घटनाक्रमले केन्द्र सरकार र गठबन्धनमा असर पर्दैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले संघीय सरकारलाई केही असर नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले कोशी प्रदेश भन्दा अन्य प्रदेश तथा केन्द्रमा पनि परिवर्तन नहुने बताएका हुन् ।

‘कोशीमा विशेष खालको परिस्थिति थियो, तपाईँहरूले पनि बुझ्नु भएकै छ । केन्द्रमा पनि गठबन्धनसँगै बहुमत भएकाले कहीँ कतै पनि परिवर्तन हुँदैन’ कोइरालाले भने ।

कोशी प्रदेश विषम परिस्थिति भएकाले अहिलेको अवस्था आएको उनले बताए । ‘कोशीमा अहिले पनि हेर्नुहोस् त राप्रपाले विपक्षमा भोट हाल्यो नि । त्यो बेला पनि हालेको भए त मध्यावधिमा जान्थ्यो नि’ उनले भने । 

कोशी प्रदेश सरकारको भविष्यबारे द्विविधा भएकै कारण मध्यावधिमा जानु भन्दा अगाडि नै सल्टाएको कोइरालाले दावी गरे । 

सभापति शेरबहादुर देउवाका कारण कोशी प्रदेशमा समस्या आएको उनको आरोप छ  । ‘सभापतिजी सँग पटक पटक छलफल भयो । उहाँले नै उद्धव जी दुई पटक सफल हन सक्नु भएन भन्नु भएको थियो । त्यसपछि मैले संसदीय दलेको नेता चेन्ज गर्नुपर्छ भनेर भनेको पनि थिए । तर सभापतिले रुचाउनु भएन, सभापतिले मानेको भए यस्तो समस्या आउँदैन थियो’ उनले भने ।

फरक प्रसंगमा कोइरालाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले बिग्रँदै गएको अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाए । अर्थतन्त्र बिग्रनुमा प्रधानमन्त्री र अर्थमन्त्री दोषी भएको उनले बताए । उनले  गठबन्धनले बिगारको भन्ने कुरा भने नभएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्