०२ साउन २०८३, शनिबार

दशैंमा नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

कात्तिक ३, २०८०
काठमाडौं
दशैंमा नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको छ । नेपालीहरूको महान पर्व दशैं तथा तिहारको अवसरमा यस्तो अफर सार्वजनिक गरिएको हो । 

यस अफर अन्तर्गत बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ देखि ३० गतेसम्म नेपाल पे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

नेपाल पे इन्स्ट्यान्टमार्फत ग्राहकहरूले बैंक/वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आईपीएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस, बैंकका मोबाइल बैंकिङ एपहरू तथा सेल पे,  हाम्रो पे र मोरू लगायतका वालेटहरूमा उपलब्ध रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्