१३ असार २०८३, शनिबार

इजरायलमा निधन भएका चार नेपालीको शव आज काठमाडौं ल्याइँदै

कात्तिक ४, २०८०
काठमाडौं
इजरायलमा निधन भएका चार नेपालीको शव आज काठमाडौं ल्याइँदै

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज (शनिबार) नेपाल ल्याइँदै छ । हमास समूहको आक्रमणमा ज्यान गुमाएका १० मध्ये ४ जना नेपाली विद्यार्थीको शव आज नेपाल ल्याउन लागिएको हो । 

इजरायलस्थित नेपाली दूतावासले ४ जना विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाई दुवईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी दिएको छ । उक्त शव दुबई ट्रान्जिट हुँदै नेपाल आइपुग्नेछ ।

अन्य शवको भने पहिचानको काम भइरहेको दूतावासले जनाएको छ। 

हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो । एक जना भने सम्पर्कविहीन छन् । 

salt training

कमेन्ट गर्नुहोस्