२९ असार २०८३, सोमबार

मिनी ट्रक र स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु

कात्तिक ५, २०८०
काठमाडौं
मिनी ट्रक र स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु

उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार शनिबार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्