
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा नेपालविरुद्ध यूएईले पहिलो ओभरमै विकेट गुमाएको छ ।
नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।
यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाउँदा १४ रन बनाएको थियो ।
खालिद शाह १४ रन बनाएर आउट भएका हुन् ।
जारी खेलमा नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेकाे थियाे ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् ।
यसअघिका ३ वटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ ।
यूएईले भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।
हङकङले भने एक खेल पनि जित्न सकेको छैन ।
टी–ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले घरेलु मैदानमा शृंखला खेलिरहेको हो ।
विश्वकप छनोट एक सातापछि काठमाडौंमै शुरू हुँदैछ ।