०९ साउन २०८३, शनिबार
त्रिदेशीय टी–२० क्रिकेट श्रृंखला

यूएईविरुद्ध नेपालको खराब ब्याटिङ, शुरूआतमै गुमायो तीन विकेट

कात्तिक ६, २०८०
काठमाडौं
यूएईविरुद्ध नेपालको खराब ब्याटिङ, शुरूआतमै गुमायो तीन विकेट

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत यूएईविरुद्ध जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । तीन ओभर शुरू हुँदै नेपालका तीन ब्याटर आउट भएका छन् ।

कुशल भुर्तेल १ रनमै आउट भएका थिए । ४ बल खेलेर २ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो ।

यस्तै १.५ ओभरमै सोमपाल कामी २ रन बनाएर आउट भए । त्यो बेला नेपालको जम्मा ५ रन थियो ।

कुशल मल्ल त झन् शून्य रनमै आउट भएका छन् । २.१ ओभरमा ११ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको हो । 

मुलपानीमा जारी खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको यूएईले निर्धारिक २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको छ ।

घरेलु टोली नेपालले १६५ रनको लक्ष्य पछ्याइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्