२६ असार २०८३, शुक्रबार

हमासको पासो र जालोका कारण उद्धार र शव संकलनमा ढिलाइ

कात्तिक ६, २०८०
काठमाडौं
हमासको पासो र जालोका कारण उद्धार र शव संकलनमा ढिलाइ

इजरायली क्षेत्रलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइ र ढिलाइ भएको छ । 

उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । 

यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइ गरेको  पाइएको छ ।
 
मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतङ्ककारीका यस्ता कार्यले  यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्