०३ साउन २०८३, आइतबार

यू-१९ प्रिमियर कप: नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

कात्तिक ७, २०८०
काठमाडौं
यू-१९ प्रिमियर कप: नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।

२८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षाले प्रभावित भएको हो । अहिलेसम्म युएईले ११ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ५० रन जोडेको छ।

salt training

कमेन्ट गर्नुहोस्