![यस्तो रह्यो कलाकारहरूको दशैंको टीका [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/kalakar3_oVZcMTD9gs.jpg)
दसैँको मुख्य दिन आज विजया दशमी । मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइँदै छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजया दशमीमा टीका लगाएर मनाइन्छ ।

साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटलाई उत्तम साइत तोकेको थियो ।

कलाकारहरूले पनि मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेर यसवर्षको दसैं मनाएका छन् । बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ।

परिवार एवं मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेको फोटो उनीहरूले सामाजिक सञ्जालमा हालेका छन् ।


