×

NMB BANK
NIC ASIA

मटिहानीमा ‘रावणबध’ !

काठमाडाैं | कात्तिक ७, २०८०

NTC
Premier Steels

महोत्तरी​- बडादशैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ । मटिहानीमा बर्सेनि  ‘रावणबध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरेर दशमीका दिन रावणरुपी दुष्ट पवृतिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

Muktinath Bank

नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध भएको र दशमीका दिन मर्यादा पुरुवत्तम श्रीरामले रावणलाई ढाल्नु भएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ । दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई दशमीका दिन सूर्यास्तअघि श्रीरामको भूमिकाका कलाकारले तीर (धनुष वाण) हानेर लडाएपछि विजय उत्सव मनाइँदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै परम्पराअनुसार आज सन्ध्याअघि प्रतिकात्मक ‘रावणबध’ सम्पन्न गरिएको हो ।  रावणवध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नु भएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वासमेला परम्परा चल्दै आएको हो । 


Advertisment
Nabil box
Kumari

 रावणबध मेलाका अवसरमा असोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ । रावणबध भएपछि साधुसन्तलाई भोजन गराइ दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने यहाँको चलन छ । श्रीरामले रावणको संहार गरेको र देवीले महिषासुरसहितका दैंत्यको मर्दन गरेको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वानहरूको मत छ ।

Vianet communication

देवीको लडाँइ सत्य युगमा र श्रीरामको त्रेतायुगमा भए पनि दुबै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजया दशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापिठ)का मैथिली भाषा साहित्का उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ । – रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x