२५ जेठ २०८३, सोमबार

सुनसरीमा प्रहरी जवानले गरे गोली हानेर आत्महत्या

कात्तिक ८, २०८०
सुनसरी
सुनसरीमा प्रहरी जवानले गरे गोली हानेर आत्महत्या

सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । गोलीहानी आत्महत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका–२ घर भई कोशी गाउँपालिका–४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको  छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्