१३ असार २०८३, शनिबार

मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

कात्तिक ९, २०८०
काठमाडौं
मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएर दुर्घटना भएको हो ।

प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

क्रेनले च्यापिएको अवस्थामा  रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो । 

पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्