
जातीय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु अर्थात् जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ आज ६२औँ विराट नेपाल भाषा साहित्य सम्मेलन दत्तात्रयमा सम्पन्न भएको छ ।
सम्मेलन वरिष्ठ कवि योगेन्द्र प्रधानले उद्घाटन गरे। सो अवसरमा प्रधानले सबैको जातीय परिचय आवश्यक रहेको चर्चा गर्दै जातीय वर्चस्व र स्वार्थका लागि अरूको जात, धर्म र भाषा एवं विभिन्न जातजातिको स्वाभिमानलाई सम्मान गर्नुपर्ने जोड दिए। उनले नेवाः जाति, साहित्य राजनीति आर्थिक सांस्कृतिक रुपमा विराट गुथिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रमका पूर्ण लुमन्ति पुरस्कारबाट नेवा न्हयलुवा मल्ल के सुन्दरलाई सम्मान गरियो । त्यस्तै, विराट सुरत्न पुरस्कार तथा प्रमाणपत्रबाट राकेशमान मास्के (२०७८), अनिल स्थापित (२०७९) र नेपाल भाषा विषयमा एसईई २०७९ मा उच्च जिपिए ल्याउन सफल विद्यार्थी निकेश बसि श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरियो ।