०९ साउन २०८३, शनिबार

भारतले दियो नेपाली राष्ट्रिय टोलीलाई क्रिकेट सामाग्री

कात्तिक १०, २०८०
काठमाडौं
भारतले दियो नेपाली राष्ट्रिय टोलीलाई क्रिकेट सामाग्री

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपाली राष्ट्रिय टीमलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । बिहीबार भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्टस् बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यावसायिक क्रिकेट सामाग्री कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नेपाल क्रिकेट संघका अध्यक्ष  चतुर बहादुर चन्द र संघका सचिव पारस खड्काको समेत उपस्थिति थियो । 

ती सामाग्री बीपी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन०) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरुप प्रदान गरेको थियो । 
राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रसंशा गरे । 
 बेजोड प्रदर्शनको प्रशंसा गर्नुभयो । वहाँले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो । वहाँले उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए । 

भारतीय दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई  बस उपलब्ध गराउनुका साथै  बीपी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्