२४ जेठ २०८३, आइतबार

ताइवानले ‘खतरनाक युद्ध’ को जोखिम निम्त्याएको चीनको आरोप

कात्तिक १०, २०८०
काठमाडौं
ताइवानले ‘खतरनाक युद्ध’ को जोखिम निम्त्याएको चीनको आरोप

ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्‌याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ र सन् २०१६ मा ताइवानका राष्ट्रपति साई इङ–वेन सत्तामा आएयता चीनको ताइवानसँगको सम्बन्धमा थप तनाब देखिएको छ । 

बेइजिङले हालैका वर्षहरूमा ताइवानमाथि कूटनीतिक र सैन्य दबाब बढाएको छ र गत अगस्टमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि ताइवान वरपर युद्धक विमानको सङ्ख्यामा वृद्धि गरिएको छ । 

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले बिहीबार डीपीपीले ताइवानलाई युद्ध र हिंसाको खतरनाक स्थितिमा तीव्र गतिमा धकेलिरहेको बताए । 

चीनले ताइवानको सत्तारूढ डीपीपीमाथि पटक–पटक औंला उठाएको छ भने उक्त टापुमा सैन्य धम्की बढाउँदै लगेको छ ।

चिनियाँ सेनाले आफ्नो सैन्य प्रशिक्षण र युद्धको तयारीलाई मजबुत बनाउने वुले बिहीबार बताए । 

उनले चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरको जलक्षेत्रमा संयुक्त राज्य अमेरिकाको प्रभावको पनि आलोचना गरेका छन् तर बेइजिङ र वासिङ्टनबीच ‘सञ्चारका माध्यमहरू सधैं खुला रहेको’ बताए ।

बिहीबार ताइवानले शान्डोङ विमानवाहक पोतको नेतृत्वमा रहेको चिनियाँ फ्लोटिला टापुलाई फिलिपिन्सबाट छुट्याउने जलमार्ग बाशी च्यानल हुँदै प्रशान्त महासागरमा प्रवेश गरेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्