
मोरङमा साँढेले किचेर एक महिलाको मृत्यु भएको छ । जहदा गाउँपालिकामा भाग्दै घरमा पसेको साँढेले किचेर ६० वर्षीया घुर्नी खातुनको ज्यान गएको हो ।
सडकमा दुई साँढे जुधेपछि एउटा भागेर घरमा पसेको स्थानीय सतिश राजवंशीले बताए । सडकनजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते खातुनलाई विराटनगरका कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भएपछि परिवार र छिमेकीहरूले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजीसमेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।