
बर्दियामा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–७ का २३ वर्षीय सन्दीप नेपाली, सोही नगरपालिका–५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधव भण्डारी, सोही नगरपालिका–६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरीले मधुवन नगरपालिका ६ गाउँ नम्बर ४ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
सन्दीपलाई ४० मिलिग्राम, माधवलाई ३० मिलिग्राम, गणेशलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुई किशोरलाई ६० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।