३० जेठ २०८३, शनिबार

गाजामा इजरायली सेनाको स्थलगत कारबाही– लडाकूलाई भाग्न दिने विकल्प र रक्तपातको खतरा

कात्तिक १०, २०८०
काठमाडौं
गाजामा इजरायली सेनाको स्थलगत कारबाही– लडाकूलाई भाग्न दिने विकल्प र रक्तपातको खतरा
सुरुङमा हमास लडाकू | Getty Image via BBC Hindi

इजरायली सेनाले गत बुधवार गाजा पट्टीको उत्तरी भागमा प्रवेश गरी केही स्थानलाई निशाना बनायो ।

केही घण्टासम्म चलेको यस मिसनमा एक जना पनि सैनिक घाइते नभएको इजरायली सेनाले बताएको छ ।

इजरायली सेनाले विगत केही दिनदेखि यस्तो स्थलगत आक्रमणको तयारी गरिरहेको थियो । इजरायली सेना र सैन्य उपकरणहरू गाजा पट्टीसँगको इजरायली सीमामा विगत केही दिनदेखि जम्मा भएको देखिन्छ।

इजरायलको स्थलगत आक्रमणको बारेमा निरन्तर आशंकाहरू उठाइएको थियो। यसलाई निकै जोखिमपूर्ण र अनिश्चितताले भरिएको अभियानको रूपमा व्याख्या गरिएको छ ।

बीबीसी अरेबिक सर्भिसका फिरास किलानीले मध्यपूर्वमा भएका धेरै युद्धहरू कभर गरेका छन्। 

उनले विगतमा धेरैपटक गाजाबाट रिपोर्टिङ गरिसकेका छन्। उनले गाजामा स्थलगत कारबाहीको केही चुनौतीहरू केलाएका छन् ।

गाजामा सुरुङको नेटवर्क

इजरायलले गाजामा स्थलगत आक्रमण गरेपछि त्यहाँभित्र फैलिएका सुरुङ हमासको युद्ध रणनीतिको महत्वपूर्ण हिस्सा बन्नेछन्।​ हमासले स्थलगत आक्रमणको डरले खाना, पानी र हतियार भण्डारण गरिरहेको हुनसक्छ।

हमासका धेरै सुरुङहरू इजरायलसम्म फैलिएको विश्वास गरिन्छ। यसमार्फत हमास लडाकूहरूले इजरायली सैनिकहरूमाथि आक्रमण गर्न सक्छन्।

इजरायलको विश्वास छ कि हमासका ३० हजार सैनिकहरू स्वचालित राइफल, प्रोपेल्ड ग्रेनेड र एन्टी-ट्याङ्क मिसाइलहरू प्रयोग गर्न माहिर छन्।

हमासलाई प्यालेस्टिनी इस्लामिक जिहाद र साना इस्लामिक समूहहरूजस्ता अन्य समूहहरूले समर्थन गरेका छन्।

शहरी लडाइँ निकै फरक हुन्छ । २०१७ मा सिरियाली शहर रक्कामा नतिजा धेरै फरक थियो, जहाँ कट्टरपन्थी लडाकूहरूको ठूलो समूह घनाजनसंख्या भएको क्षेत्रमा घेरिएको थियो।

अमेरिका नेतृत्वको गठबन्धन र कुर्दिश सेनाले लडाकूहरूलाई भाग्ने विकल्प दिने निर्णय गरे।

किलानी भन्छन्, 'धेरै वर्षसम्म आईएसविरुद्ध कुर्दहरूको लडाइँ कभर गरें। यसको एक नेताले मलाई सिरियामा अमेरिकी कमान्डरसँग गोप्य बैठकमा लगे। उनीहरू आईएस लडाकू र तिनका परिवारहरूलाई रक्का छोड्न अनुमति दिन स्थानीय अरब नेताहरूको अपिलमा सहमत भए ।'

गाजाको भूगोल

गाजाको भौगोलिक अवस्थाले इजरायल र हमासका लागि यस्तो सम्झौता कसरी विकल्प हुन सक्छ भनेर बुझ्न गाह्रो हुन्छ। रक्का सिरियाको दुर्गम सहर हो। त्यहाँबाट निस्कने लडाकूहरूलाई वरपरका खेतहरूमा जान दिइयो।

गाजापट्टी तुलनात्मक रूपमा धेरै सानो छ र त्यहाँबाट हमास लडाकूहरू जाने ठाउँ छैन।

विगतमा मानिसहरूलाई टाढा पठाउने सम्झौताहरू भएका छन्। सन् १९८२ मा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन लेबनानको राजधानी बेरुत छोड्न सहमत भयो, जहाँ यो तीन महिनादेखि इजरायली सेनाले घेरिएको थियो। उनीहरू विभिन्न देशमा जान सहमत भएका थिए ।

पीएलओ नेताहरू ट्युनिसिया गए र अन्य सदस्यहरूले उत्तर अफ्रिका र मध्य पूर्वमा शरण पाए।

यस्तो सम्झौता गाजामा लडाइँ र नागरिकको मृत्यु घटाउने उपाय हुन सक्छ। तर, राजनीतिक रूपमा यो कसरी सम्भव हुन्छ भन्ने कुरा बुझ्न गाह्रो छ ।

इजरायली सरकारले अक्टोबर ७ को हमलापछि हमासलाई नष्ट गर्ने वाचा गरेको छ। यस्तो अवस्थामा हमासको नेतृत्वलाई अर्को देशमा भाग्न दिनुले व्यापक जनप्रतिक्रिया निम्त्याउनेछ।

तर, अर्को विकल्प नभेटिएमा, उत्तरी गाजा हमास र इजरायली सेनाहरू बीचको रक्तपातपूर्ण सडक लडाइँका लागि रणभूमि बन्न सक्छ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्