काठमाडौं, २७ पुस — खबरहरूका अनुसार रानी मुखर्जीले यशराज फिल्म्सको नयाँ चलचित्रमा अपांग महिलाको भूमिका खेल्ने भएकी छिन् ।

कुरा गर्दा बेस्सरी उफ्रिने र चिच्याउने समस्या भएका एक पात्रको भूमिकामा इमरान हाशमीले खेल्ने कुरा थियो तर उनले ध्यान दिएनन् । पछि अभिषेक बच्चनलाई भूमिका दिइयो तर उनले आलटाल गरे ।
त्यसपछि यो कथालाई आदित्य चोपडा र रानी मुखर्जीकहाँ पु–याइयो । उनीहरूले स्क्रिप्ट मन पराएपछि आदित्यले यसको निर्माण गर्ने भए तर प्रमुख पात्र पुरुषलाई नबनाएर महिला हुनुपर्ने बताए । त्यसपछि रानीले भूमिका पाइन् ।
'ब्ल्याक'मा दृष्टिविहीन र बोल्न सुन्न नसक्ने पात्रको भूमिका निर्वाह गरेकी रानीले अपांगको भूमिकामा कत्तिको न्याय गर्ने हुन्, फिल्म हेरेपछि पत्ता लाग्ला ।
रानी पछिल्लोपटक 'मर्दानी'मा देखिएकी थिइन् ।
एजेन्सी