
चीन–फ्रान्स रणनीतिक वार्ता चीनमा हुने तय भएको छ । फ्रान्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार इमानुएल बोनले अक्टोबर २९ देखि ३० सम्म चीन-फ्रान्स रणनीतिक वार्ताको सह-अध्यक्ष गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिए ।
उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगको कार्यालयका निर्देशक वाङ यीको निमन्त्रणामा फ्रान्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार इमानुएल बोन चीन जान लागेका हुन् ।