३१ जेठ २०८३, आइतबार

जसपाको केन्द्रीय समिति बैठक बस्दै

कात्तिक ११, २०८०
काठमाडौं
जसपाको केन्द्रीय समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

यही कात्तिक १३ गते सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार आगामी बैठकमा मधेश प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ । 

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने उनले बताए । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्