
एकदिवसीय विश्वक क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका ट्राभिस हेडले शतक प्रहार गरेका छन् । टस हारेर न्युजिल्याण्डविरुद्ध ब्याटिङमा उत्रिएको अष्ट्रेलियाकाका लागि हेडले शतक हानेका हुन् ।
उनले ५८ बलमा एक सय रन प्रहार गर्दै शतक पूरा गरेका हुन् । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरेका हुन् ।
न्युजिल्याण्डविरुद्ध आक्रामक शुरूआत गरेका गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नर ८१ रन बनाएर आउट भएका छन् ।
२२ ओभर सकिंदा अष्ट्रेलिया एक विकेटको मात्रै क्षतिमा दुई सय रन हाराहारी पुगिसकेको छ ।