०८ साउन २०८३, शुक्रबार

अष्ट्रेलियाले दियो न्युजिल्यान्डलाई ३८९ रनको विशाल लक्ष्य

कात्तिक ११, २०८०
काठमाडौं
अष्ट्रेलियाले दियो न्युजिल्यान्डलाई ३८९ रनको विशाल लक्ष्य

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकप प्रतियोगितामा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ३८९ रनको विशाल लक्ष्य दिएको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनायो ।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले शतक प्रहार गरे । उनले ५८ बलमा १०० रन बनाएका हुन् । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरेका थिए । हेड सर्वाधिक १०९ रन बनाउँदै आउट भए ।  

न्युजिल्याण्डविरुद्ध आक्रामक शुरूआत गरेका गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नर ८१ रन बनाएर आउट भएका थिए । 
यस्तै ग्लेन म्याक्सवेलले ४१ रन जोडे ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले सर्वाधिक ३–३ विकेट लिए । 
 

salt training

कमेन्ट गर्नुहोस्