२३ असार २०८३, मंगलबार

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

कात्तिक ११, २०८०
सोलुखुम्बु
हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्