०२ साउन २०८३, शनिबार

चिनियाँ विदेशमन्त्रीले दिए चीन–अमेरिका सम्बन्धमा ‘पाँच आवश्यकता’मा जोड

कात्तिक ११, २०८०
काठमाडौं
चिनियाँ विदेशमन्त्रीले दिए चीन–अमेरिका सम्बन्धमा ‘पाँच आवश्यकता’मा जोड

वासिङ्टन– चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच ‘पाँच आवश्यक’ कुराको  विकासमा जोड दिएका छन् । बिहीवारदेखि शुक्रवारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उहाँले सो कुरामा जोड दिएका हुन् । 

सो अवसरमा उनले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्ने, सञ्चारका ढोका खुला राख्नुपर्ने, मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

वाङ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत हुन् ।

चीनका राष्ट्रपति सीको भ्रमण पूर्वविदेश मन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय जगत्मा विशेष चासोका साथ हेरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्