३१ जेठ २०८३, आइतबार

सुनको भाउमा दिनदिनै रेकर्ड

कात्तिक १२, २०८०
काठमाडौं
सुनको भाउमा दिनदिनै रेकर्ड

पछिल्लो केही समयदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर बढिरहेको छ । आइतबार  सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सातको पहिलो दिन बजारमा सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै महँगो भएको हो । 

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर आइतबार १ हजार ४१५ रुपैयाँ पुगेको छ।   

कार्तिक एक गते प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको भाउ निरन्तर बढ्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्