२४ जेठ २०८३, आइतबार

साउनदेखि असोजसम्मको देशको आर्थिक चित्र : आयात बढ्दा निर्यात घट्यो​

कात्तिक १२, २०८०
काठमाडौं
साउनदेखि असोजसम्मको देशको आर्थिक चित्र : आयात बढ्दा निर्यात घट्यो​
फाइल फोटो

चालू आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालू आवको तेस्रो महिनासम्म कुल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।

भन्सार विभागले आइतवार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट रु ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा रु ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो ।

सो अवधिमा नेपालको वैदेशिक व्यापार रु चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा रु तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ । गत वर्षको सोही अवधिमा रु तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्