०५ साउन २०८३, मंगलबार

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट

कात्तिक १२, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख देवराज घिमिरेसँग भेटेपछि गुटेरेसले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेपछिको पत्रकार सम्मेलनमा गुटेरेसले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंग्याउने क्रममा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकारहरू सम्बोधन हुनुपर्ने बताएका थिए ।

'अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका सरोकार तथा मागहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा सघाउन राष्ट्रसंघ तयार छ,' गुटेरेसले भने ।

पत्रकार सम्मेलन अघि उनले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमै भेटेका थिए । 

प्रधानमन्त्रीसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए ।

महासचिव गुटेरेसले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, उनी आजै ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यसूची छ ।

salt training

कमेन्ट गर्नुहोस्