२० असार २०८३, शनिबार

शिवम् सिमेन्टका भीपी निखिल अग्रवाल ‘महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार’बाट सम्मानित​​

कात्तिक १२, २०८०
काठमाडौं
शिवम् सिमेन्टका भीपी निखिल अग्रवाल ‘महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार’बाट सम्मानित​​

शिवम् सिमेन्टका भीपी (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । शिवम् सिमेन्टको स्थापना कालदेखिनै कम्पनीमा कार्यरत अग्रवाल यही कात्तिक ३ गते भारतको नयाँ दिल्लीमा भएको एक कार्यक्रममा सम्मानित भएका हुन् ।​

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनद्वारा आयोजित अवार्ड कार्यक्रम ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३’ बाट अग्रवाल सम्मानित भएका हुन् ।​

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ ।

nullराष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न उद्योगहरूमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनोट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग समन्वय गरी व्यापार विस्तारको अवसर प्रदान गर्नु यसका मुख्य उद्देश्य रहेको छ ।

ब्राण्डम्यान इण्डिया पीआर एण्ड प्रोमोसनले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनोट गरी यसको समग्र क्षेत्रको मूल्याङ्कन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार अवार्ड दिने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्