२७ जेठ २०८३, बुधबार

भारतको केरलास्थित प्रार्थनासभामा बम विस्फोट, एक जनाको मृत्यु

कात्तिक १२, २०८०
काठमाडौं
भारतको केरलास्थित प्रार्थनासभामा बम विस्फोट, एक जनाको मृत्यु
फाइल फोटो

भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतवार यहोवाका साक्षीहरूको प्रार्थनासभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको छ । साथै अन्य कयौं घाइते भएका प्रहरीले जनाएको छ ।​

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भएको थियो । 

अक्टोबर २७ देखि शुरू भएको तीन दिने प्रार्थना सभा आइतवार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए । 

यो घटना आतङ्कवादी समूह हमासका पूर्वप्रमुख खालिद मसालले गाजामा इजराइली सैन्य हमलाका बीच प्यालेस्टिन समर्थक प्रदर्शनलाई सम्बोधन गरेको एक दिनपछि भएको हो । 

शनिवार भएको विरोध प्रदर्शनमा हमास नेताको सहभागितामाथि प्रतिक्रिया व्यक्त गर्दै भारतका लागि इजराइली राजदूत नाओर गिलोनले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गर्दै भनेका थिए, “मसालले सहभागीहरूलाई भनेः सडकमा उत्रिनुहोस् र आक्रोश व्यक्त गर्नुहोस्, इजराइलविरुद्ध जिहादका लागि तयार रहनुहोस्, आर्थिकरूपमा हमासलाई सहयोग गर्नुहोस्, सामाजिक सञ्जालमा प्यालेस्टिनी कथालाई बढावा दिनुहोस्, अब हमासआईएसआईएसलाई भारतको आतङ्कवादी सूचीमा जोड्ने समय आएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्