०३ साउन २०८३, आइतबार

माओवादी रूपान्तरण अभियान एक महिना थपियो

कात्तिक १३, २०८०
काठमाडौं
माओवादी रूपान्तरण अभियान एक महिना थपियो

नेकपा (माओवादी  केन्द्र)को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने पार्टी रूपान्तरण अभियान  एक  महिना  लम्ब्याउने निर्णय गरेको हो ।

गत भदौ १६ गतेदेखि सुरु भएको जनतासँग माओवादी विशेष  रूपान्तरण  अभियान’  प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी  काम  पूरा  नभएकाले  अवधि  थप्‍ने  निर्णय भएको पार्टी सचिव लीलामणि पोखरेलले ​बताए । घर  घरमा  माओवादी  जन  जनमा  माओवादी’ भन्ने नाराका साथ शुरू भएको अभियान  आगामी  मङ्सिर  १५  गते सक्ने  निर्णय  भएको  थियो  ।

अब  अभियान  पुस  १५ गते सकिने भएको छ । पार्टी अभियान सकिएलगत्तै माघ  वा  फागुनमा  विधान  सम्मेलन  गर्ने  माओवादीले तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्