२८ जेठ २०८३, बिहीबार

असईसहितका २२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउने चेतावनी

कात्तिक १३, २०८०
काठमाडौं
असईसहितका २२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाउने चेतावनी

नेपाल प्रहरीले सम्पर्कमा नआएका २२ जना प्रहरी अधिकारीलाई हाजिर हुन  निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार हाजिर हुन आउनेबारे सूचना प्रकाशित गरेको छ ।

उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ ।

अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ । 

सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्