१९ असार २०८३, शुक्रबार

रेडक्रसद्वारा सुदूरपश्चिमका भूकम्प पीडितको अस्थायी आवास बनाउन सहयोग

कात्तिक १३, २०८०
कैलाली
रेडक्रसद्वारा सुदूरपश्चिमका भूकम्प पीडितको अस्थायी आवास बनाउन सहयोग

नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ ।  

गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक  सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग  गर्न लागेको हो ।  

त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई रु १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ ।सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो ।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको पनि जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्