
आइसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपालले लगातार तीन सफलता हात पारेको छ । लेग स्पीनर सन्दीप लामिछानेले सिंगापुरविरुद्ध दोस्रो सफलता दिलाएलगत्तै गुल्सन झाले ब्याटिङ खतरनाक देखिएका रोहन रंगराजनलाई ४६ रनमा आउट गरेका हुन् । त्यस्तै उनले अमार्त्य कौललाई पनि आउट गरेका हुन् । उनले एकै ओभरमा दुई विकेट लिए ।
सन्दीपले ६.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई बोल्ड गरेका थिए । ७.१ ओभरको समाप्तिमा सिंगापुरले ३ विकेट गुमाउँदा ५३ रन जोडेको छ ।
सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
यसअघि पहिलो ओभरमै विकेट गुमाए पनि सिंगापुरले पावरप्लेमा उत्कृष्ट शुरूआत गरेको थियो । सिंगापुरले ६ ओभरमा एक विकेट गुमाएर ५१ रन बनाएको हो ।