नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आफ्नो संरचना आफै भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ ।
सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ ।
नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो । रासस