०६ असार २०८३, शनिबार

'यसकारण उत्तर कोरियाविरुद्ध अमेरिकाले आक्रमण गर्न सक्दैन'

कात्तिक २०, २०७४
'यसकारण उत्तर कोरियाविरुद्ध अमेरिकाले आक्रमण गर्न सक्दैन'
मस्को, ८ असोज - रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताउनुभएको छ ।trump kim

उत्तर कोरियाली आकासहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको समाचारमा जनाइएको छ ।

रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन किनभने उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ ।

सो अन्तरवार्तामा उहाँले भन्नुभएको छ– मैले उत्तर कोरियाको बचाउ गरिरहेको छैन, यो कुरा मैले मात्र होइन कि सबैले यही नै भन्ने गर्छन्, उत्तर कोरियासँग बम छ त्यसैले अमेरिकाले सिधै हवाई कारबाही गर्न सक्दैन ।

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा एक शक्तिशाली हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।

उक्त परीक्षण अमेरिकाले सन् १९४५ मा जापानको हिरोसीमा सहरमा फालेको बमभन्दा कम्तीमा पनि १६ गुणा बढी शक्तिशाली भएकोले उसँगको शक्तिशाली बमका कारण अमेरिका वा अरु कुनै पनि देशले यसो गर्न नसक्ने उहाँको भनाई थियो ।

उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो पछिल्लो बम तीन गुणा ठूलो छ । सन् २००६ देखि निरन्तर आणविक परीक्षण गरिरहेको उत्तर कोरियाको यो पछिल्लो छैठौँ पटकको परीक्षण हो ।

रुसी विदेशमन्त्री लाभरोभले उत्तर कोरियासँग सैनिक वा हतियारको कारबाहीभन्दा पनि वार्ताका माध्यमबाट पहुच पु¥याउन सकिएमा मात्र समाधान सहज र चाँडो निस्किने बताउनुभयो ।

तर वार्ताको माध्यमलाई भने अमेरिकाले स्वीकार गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो ।

उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोेले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो । उहाँले उत्तर कोरियाको आणविक बमको उत्तर शान्ति वार्ताले नभएर सैनिक कारबाही नै हो भन्नभएको छ ।

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने समेत जनाएको छ ।

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो ।
उहाँको उक्त अभिव्यक्तिको जवाफ उत्तर कोरियाले बमबाटै दिने तयारी गरिरहेको विदेशमन्त्री रिको भनाई थियो । उत्तर कोरियाबाट अर्काे बम परीक्षणको सम्भावना यसकारण पनि बढेको विश्व समुदायको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्