१८ असार २०८३, बिहीबार
शिक्षक नै असुरक्षित

बारामा बोर्डिङ स्कूलका प्रिन्सिपलको गोली प्रहार गरी हत्या

कात्तिक १३, २०८०
काठमाडौं
बारामा बोर्डिङ स्कूलका प्रिन्सिपलको गोली प्रहार गरी हत्या

बाराको कलैयामा भएको गोली प्रहारबाट घाइते भएका बाल एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश सर्राफ (गुड्डु)को मृत्यु भएको छ । दुईवटा मोटरसाइकलमा चढेर आएका ४ जनाको समूहले कलैया–६ मदर्सा टोलमा दिनदहाडै गोली प्रहार गरेको स्थानीयले बताएका छन् । 

घाँटी तथा छातीमा दुई-दुई गोली लागेको सरार्फको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो ।  तर उपचारका क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लोकान्तरलाई बताए । सोमवार दिउसो १ बजे उनीमाथि गोली प्रहार भएको थियो ।

‘अज्ञात समूहले लखेट्दा-लखेट्दै भाग्ने क्रममा एउटा घरको ढोकामा छिर्दै गर्दा पछाडिबाट गोली हानिएको रहेछ,’ सापकोटाले भने । सर्राफलाई ४ वटा गोली प्रहार गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्