रौतहट, ९ असोज– नेपाली कांग्रेसबाट रौतहटको परोहा नगरपालिकाको २ नन्मबर वडाको अध्यक्षमा पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या गरिएको छ ।
पोहरा–२ जिङ्गडवाको बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमवार विहान ३ः३० बजे मौलनाका छोरा अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो ।
गर्मीका कारण सातीहरुसँगै घरको बरण्डामा सुतिरहेको अवस्थामा अबुमाथि अज्ञात समुहले गोली प्रहार गरेको परिवारले जनाएको छ । गोली चलाउने व्यक्ति र कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
छातीमा गोली लागेका अबुलाई उपचारको लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले छानविन शुरु गरेको छ । व्यक्तिगत रिसइबीका कारण अबुमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।