२३ असार २०८३, मंगलबार

कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईंलाई कारबाही होस्– एमाले सांसद

कात्तिक १६, २०८०
काठमाडौं
कम्बोडियाको टेलिकममा ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईंलाई कारबाही होस्– एमाले सांसद
फाइल फोटो

कम्बोडियाको टेलिकममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लगानी रहेको भनेर भ्रम छर्ने काम गरेको भन्दै एमालेकी एक सांसदले व्यवसायी दुर्गा प्रसाईंमाथि कारवाहीको माग गरेकी छिन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद शोभा ज्ञवालीले ओलीमाथिको प्रहार नेपाली जनतामाथिको प्रहार भएको बताएकी हुन् । 

‘धर्मका नाममा अराजक गतिविधि गरी यो व्यवस्थालाई बदनाम गराउन कतिपय तत्त्व लागेका छन् । दुर्गा प्रसाईंजस्ता अराजक भीडले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम छर्ने काम गरेका छन्,’ ज्ञवालीले भनिन्, ‘सुशासन र विकासमा सबैभन्दा योग्य नेतामाथिको प्रहार नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्तो भ्रम छर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु ।’ 

नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको आरोप लगाएका थिए । आरोप खण्डन गर्दै ओलीले टेलिकम कम्पनीमा आफ्नो लगानी भेट्टाउनेलाई १ हजार थपेर दिने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्