२२ जेठ २०८३, शुक्रबार

अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल ल्याउँदै जगदम्बा मोटर्स

कात्तिक १६, २०८०
काठमाडौं
अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल ल्याउँदै जगदम्बा मोटर्स

टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने भएको छ ।​

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।​

अपाचे आरटीआर १६० भीफोर एफआई सेग्मेन्टमा ग्राहकहरूका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।​

अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने छ ।

कम्पनीले सेग्मेन्टमै पहिलोपटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना रहेको छ ।

साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।​

अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मष्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।​​

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्रान्डका रुपमा स्थापित छ ।

salt training

कमेन्ट गर्नुहोस्