०५ साउन २०८३, मंगलबार

यूएईविरुद्धको खेलमा सर्वाधिक रन र विकेट लिने खेलाडीलाई कांग्रेस नेता ठाकुरले पुरस्कार दिने

कात्तिक १६, २०८०
काठमाडौं
यूएईविरुद्धको खेलमा सर्वाधिक रन र विकेट लिने खेलाडीलाई कांग्रेस नेता ठाकुरले पुरस्कार दिने

नेपाली कांग्रेस सर्लाहीका जिल्ला कार्यसमिति सदस्य विकास ठाकुरले नेपाली क्रिकेट टिमका लागि पुरस्कारको घोषणा गरेका छन् । 

शुक्रवार हुने सेमिफाइनल खेलमा नेपाललाई जीत दिलाउनका लागि सर्वाधिक रन र सर्वाधिक विकेट लिने खेलाडीलाई उनले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

आइसीसी टी–२० विश्वकप छनोट–२०२३ अन्तर्गत शुक्रवार हुने सेमिफाइनल खेलमा नेपालले यूएईसँग खेल्दै छ ।

सो खेलमा जीत दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई नगद पुरस्कार दिने उनले घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्