०८ साउन २०८३, शुक्रबार

मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने

कात्तिक १६, २०८०
काठमाडौं
मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने

बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने भएको छ ​।​

मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच बिहीवार उक्त सम्झौता भएको हो ।

सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

टी २० वर्ल्ड कपमा नेपाली क्रिकेट टिमको सहभागिताको प्रबल सम्भावना रहेको बेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्सले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्व बोधलाई मनन गर्दै आफूहरूले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

विगत ४१ वर्षदेखि स्तरीय शर्टिङ, शुर्टिङ तथा तेलरिङ्ग सेवा दिँदै आएको मेरीना इम्पेक्स भरपर्दो सेवाका लागि परिचित छ ।

null

salt training

कमेन्ट गर्नुहोस्