२३ जेठ २०८३, शनिबार

नेपाल र यूएईबीचको खेल हेर्न आईएमई पेबाट टिकट लिन सकिने

कात्तिक १६, २०८०
काठमाडौं
नेपाल र यूएईबीचको खेल हेर्न आईएमई पेबाट टिकट लिन सकिने

नेपालमा भइरहेको आईसीसी टी–२० विश्वकप छनोटमा सेमिफाइनल खेल हेर्न आईएमई पेबाट टिकट लिन सकिने भएको छ ।

क्यानले बिहीवार एक सूचना जारी गर्दै ​मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल हेर्नका लागि आईएमई पे एपबाट अनलाइन टिकट लिन आग्रह गरेको हो ।

टी–२० विश्वकप छनोटमा सेमिफाइनल समीकरण पूरा भएको छ ।​​ समूह एबाट विजेता बनेको ओमान र उपविजेता नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै समूह बीबाट यूएई र बहराइन सेमिफाइनल प्रवेश गरेका छन् । 

ओमानसँग पराजित नेपालले समूह बीमा तीनवटै खेल जितेको यूएईसँग सेमिफाइनल खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्