२६ जेठ २०८३, मंगलबार

‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’

कात्तिक १६, २०८०
काठमाडौं
‘कोक्रामा सुतेका शिशु मार्नेलाई माफी दिइन्न’

नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने बताएका छन् ।

आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा आज उनले आफ्नै निवासमा आयोजना गरेको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या गर्नेलाई आफ्नो देशको सरकारले जस्तोसुकै मूल्य चुकाएर भए पनि कारबाही गरेरै छाड्ने बताए । 

“हामी शान्ति चाहन्छौँ, हमासबाहेक गाजा क्षेत्रका हाम्रा दाजुभाइलाई हामी सैनिक आक्रमणको सिकार बनाउन चाहँदैनौँ, त्यहाँबाट तत्काल अन्यत्र जान अनुरोध गरेका छौँ । हाम्रो अनुरोधअनुसार गाजालगायत द्वन्द्व अतिप्रभावित प्यालेष्टिनी भूमिबाट आठ लाख मानिस सुरक्षित स्थानतर्फ गएका छन्”, हमासले आत्मसमर्पण गरेमा मात्र सैनिक कारबाही रोकिने बताउँदै राजदूत गोडेरले भने । 

इजरायलमाथि गरिएको आतङ्कवादी हमलाका क्रममा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीसहित सबै दुई सय ४० जनालाई निःशर्त रिहा गर्न राजदूत गोडेरले आग्रह गरे । 

हमाससँग युद्धविराम गर्न इजरायल तयार रहेको तर त्यसो गर्दा अर्को अतिवादी समूह हेजबुल्लाहले आक्रमण गर्ने जोखिम उत्तिकै रहेको र हमासले पनि शक्ति सञ्चय गरी निर्दोष नागरिकलाई मार्ने भएकाले उक्त समूहलाई विश्वास गर्न सक्ने आधार नभएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्